
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
संसदीय दलका नेता उपेन्द्र यादवले सोमबार सभामुखलाई पत्र लेखेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएका हुन् ।
मधेश प्रदेशमा आफ्नो नेतृत्वमा सरकारलाई दिएको समर्थन एमाले र माओवादीले फिर्ता लिएपछि जसपाले पनि केन्द्र सरकारलाई दिएको समर्थ फिर्ता लिएको छ ।
जसपाबाट सरकारमा सहभागी उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले सोमबार दिउँसो नै राजीनामा दिएका थिए ।
प्रतिपक्षमा बसेर रचनात्मक भूमिका निर्वाह गर्ने जसपाले बताएको छ ।