
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालत पुगेका छन् ।
निर्वाचन आयोगले दलको न्यूनतम सर्त र प्रक्रिया पूरा नगरी राजनीतिक आग्रहका आधारमा दल विभाजित गरेको भन्दै सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।
यादव विदेश भ्रमणमा रहेका बेला अशोक राईको नेतृत्वमा सात जना सांसदले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन निवेदन दिएका थिए । उक्त निवेदन आयोगले दर्ता गरेको थियो । आयोगले राई नेतृत्वको समूहलाई जनता समाजवादी पार्टीको नामसहित दलीय मान्यता दिएको छ ।
यादवको रिटमा सर्वोच्चले आगामी जेठ २ गते पेसी तोकेको छ ।
यादवले कानुन नै नभएको समयमा दल विभाजन हुन नसक्ने दाबी सर्वोच्चमा गरेका छन् ।