कोशी प्रदेश सभा बैठकमा कांग्रेस अनुपस्थित

<p>मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक सुरु भएको छ । तर, प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरू उपस्थित भएका छैनन् । कांग्रेस उपस्थित नभए पनि सभामुखले बैठक भने अगाडि बढाएका छन् । प्रदेशसभा चलिरहेकै बेला कांग्रेस संसदीय दलको बैठक बसिरहेको छ । अदालतमा मुद्दा चलिरहेको [&hellip;]</p>

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक सुरु भएको छ ।

तर, प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरू उपस्थित भएका छैनन् । कांग्रेस उपस्थित नभए पनि सभामुखले बैठक भने अगाडि बढाएका छन् ।

प्रदेशसभा चलिरहेकै बेला कांग्रेस संसदीय दलको बैठक बसिरहेको छ ।

अदालतमा मुद्दा चलिरहेको बेला विश्वासको मत लिएको भन्दै कांग्रेसले त्यसको विरोध गरिरहेको छ ।

Share News