
काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगीमा संसदीय छानबिन समिति नबनेसम्म संसदमा जारी अवरोध कायमै राख्ने निष्कर्ष निकालेको छ।
सोमबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति नबने सरकारको नीति तथा कार्यक्रम समेत प्रस्तुत गर्न नदिने निचोड निकालेको हो ।
कांग्रेसले पूर्ववत आफ्नो अडानलाई यथावत् राख्ने जनाएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची रहेको छ । यसका लागि दिउँसो ३ बजे बैठक बोलाइएको छ ।