१५ करोड ३७ लाख नोक्सानीमा सिटी होटल, प्रतिसेयर आम्दानी पनि ऋणात्मक

<p>काठमाडौं । सिटी होटलले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १५ करोड ३७ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । होटलले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरणमार्फत १५ करोड ३७ लाख रुपैयाँ नोक्सानी व्यहोरेको जनाएको हो । अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको तुलनामा होटलको नोक्सानी घटेको हो । अघिल्लो आर्थिक वर्षको [&hellip;]</p>

काठमाडौं । सिटी होटलले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १५ करोड ३७ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ ।

होटलले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरणमार्फत १५ करोड ३७ लाख रुपैयाँ नोक्सानी व्यहोरेको जनाएको हो ।

अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको तुलनामा होटलको नोक्सानी घटेको हो । अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले २१ करोड २१ लाख रुपैयाँ नोक्सनी व्यहोरेको थियो ।

चैतसम्म आइपुग्दा कम्पनीको सञ्चालन आम्दानी बढेसँगै नोक्सानी घटेको हो । एक वर्षको अवधिमा सञ्चालन आम्दानी भने १३.५२ प्रतिशतले बढेर ३७ करोड २ लाख रुपैयाँ पुगेको छ । गत वर्ष होटलको सञ्चान आम्दानी ३२ करोड ७२ लाख रुपैयाँ थियो ।

हाल होटलको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ९८ पैसा ऋणात्मक छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ९४ रुपैयाँ ३६ पैसा छ ।

Share News