टीकापुरको ३० बिघा जग्गा प्रकरणमा सीआईबीले थाल्यो कीर्तेमा अनुसन्धान

<p>काठमाडौं । टीकापुरको ३० बिघा सरकारी जग्गा अनियमितता प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कीर्तेतर्फ अनुसन्धान सुरु गरेको छ । टीकापुर बजार क्षेत्र आसपासको करिब ३० बिघा सरकारी जग्गा टीकापुर विकास समितिका पदाधिकारीको नाममा कर्यकर्ता र आफन्तलाई वितरण गरिएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि नै २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिसकेको [&hellip;]</p>

काठमाडौं । टीकापुरको ३० बिघा सरकारी जग्गा अनियमितता प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कीर्तेतर्फ अनुसन्धान सुरु गरेको छ ।

टीकापुर बजार क्षेत्र आसपासको करिब ३० बिघा सरकारी जग्गा टीकापुर विकास समितिका पदाधिकारीको नाममा कर्यकर्ता र आफन्तलाई वितरण गरिएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि नै २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ ।

अख्तियारले पत्राचार गरेपछि ब्यूरोले कीर्तेतर्फ अनुसन्धान सुरु गरेको सीआईबीले जनाएको छ ।

‘टीकापुर नगरपालिका–१ स्थित टीकापुर बजार क्षेत्रको करिब ६ सय रोपनी जग्गा नगर विकास समितिका तत्कालीन अध्यक्ष लगायतको मिलोमतोमा नक्कली रसिद बनाई अध्यक्ष, पदाधिकारी एवं कर्मचारीको संलग्नतामा प्लटिङ गरेर बदनियतपूर्ण रुपमा रकम उठाइ बेचबिखन गरेको’ यसअघि अख्तियारले दायर गरेको मुद्दामा उल्लेख छ ।

Share News