
काठमाडौं । ओरियन्टल होटल्स लिमिटेड (र्याडिसन) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको छ ।
होटलले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरणमार्फत ६ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको जनाएको हो ।
अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको तुलनामा यो नाफा १० प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ६ करोड रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।
होटलले चैतसम्म ८१ करोड ९६ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा होटलले ६९ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
होटलले ९ महिनामा १२ करोड ९२ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । गत वर्ष होटलले ११ करोड ८९ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो । हाल होटलको चुक्ता पुँजी १ अर्ब १२ करोड ८० लाख ९० हजार रुपैयाँ छ ।
हाल होटलको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७५ पैसा छ । गत आर्थिक वर्षको सोही अवधिमा होटलको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३२ पैसा मात्रै थियो ।
कम्पनीको प्रतिसेयर नेटवर्थ ३३८ रुपैयाँ ४२ पैसा छ ।