३८ प्रतिशतले बढ्यो चन्द्रागिरि हिल्सको नाफा

<p>काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले चालु आर्थिक वर्ष तेस्रो त्रैमाससम्म १० करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । चन्द्रागिरि हिल्सले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरणमार्फत १० करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेको जनाएको हो । यो गत वर्षको यसै अवधिको तुलनामा ३८.८१ प्रतिशतले बढी हो [&hellip;]</p>

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले चालु आर्थिक वर्ष तेस्रो त्रैमाससम्म १० करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

चन्द्रागिरि हिल्सले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरणमार्फत १० करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेको जनाएको हो ।

यो गत वर्षको यसै अवधिको तुलनामा ३८.८१ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ७ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा पर्यटक संख्यामा वृद्धि भएसँगै होटलको तृतीय त्रैमासिक अवधिमा सञ्चालन आम्दानी बढ्दा नाफामा वृद्धि वृद्धि भएको उल्लेख गरिएको छ ।

यस कारण समीक्षा अवधिमा होटलको आम्दानी ६२ करोड ९० लाख रुपैयाँबाट बढेर ६९ करोड ७३ लाख रुपैयाँ पुगेको छ । अन्य आम्दानी पनि ४४ लाख रुपैयाँबाट बढेर ८६ लाख पुगेको छ ।

चन्द्रागिरि हिल्सले केबुलकार, होटेल तथा रेष्टुराँसहित अन्य पर्यटन व्यवसाय सञ्चालन गर्छ । हाल कम्पनीको वित्तीय खर्च पनि २० करोड ६६ लाखबाट घटेर १८ करोड २९ लाख रुपैयाँ कायम भएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ छ । गत वर्ष यस अवधिसम्म चन्द्रागिरी हिल्सको ५ रुपैयाँ ७ पैसा रहेको कम्पनीको प्रतिसेयर आम्दानी यस वर्ष ७ रुपैयाँ ३ पैसा कायम भएको छ ।

यस वर्ष कम्पनीको प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ ३ पैसा कायम छ ।

Share News