काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको परीक्षणका लागि बुधबार दिउँसो वीर अस्पताल पुगेका छन् ।
बुधबार बिहानदेखि उनको दाँत दुखेपछि प्रधानमन्त्री दन्त परीक्षणका लागि वीर अस्पताल पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
हाल वीर अस्पतालका चिकित्सक रितु श्रेष्ठ नेतृत्वको चिकित्सकहरुको समूहले प्रधानमन्त्रीको दाँतको परीक्षण र उपचार गरिरहेको छ ।