केबी उप्रेतीको गुनासो : बिरामी भएर भारत गएको थिएँ, भाग्यो भनेर चर्चा भयो

<p>काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले आफू बिरामी भएर भारत गएको समयमा भागेको भनेर गलत प्रचार भएको गुनासो गरेका छन् । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्सकुन) ले आयोजना गरेको लेखा सुपरिवेक्षण राष्ट्रिय गोष्ठीमा बोल्दै उनले आफूविरुद्ध सडयन्त्र गर्ने किसिमले गलत सन्देश प्रवाह गरेर भागेको चर्चा भएको बताएका हुन् । उनले [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले आफू बिरामी भएर भारत गएको समयमा भागेको भनेर गलत प्रचार भएको गुनासो गरेका छन् । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्सकुन) ले आयोजना गरेको लेखा सुपरिवेक्षण राष्ट्रिय गोष्ठीमा बोल्दै उनले आफूविरुद्ध सडयन्त्र गर्ने किसिमले गलत सन्देश प्रवाह गरेर भागेको चर्चा भएको बताएका हुन् ।

उनले आफ्नो महत्वपूर्ण समय सहकारीमै बिताएको र अझै पनि यही क्षेत्रमा रहेर यस क्षेत्रको विकास र विस्तारमा लागिरहने धारणा राखे ।

उनले आफूमाथि गलत राजनीति भएको पनि टिप्पणी गरे । ‘म उपचारका लागि भारत गएको थिएँ । तर, मलाई भागेको भनेर चर्चा गरियो, जुन दुःखद विषय हो, आफै आवद्ध राजनीतिक दलका साथीहरूबाट पनि असयोग हुँदो रहेछ,’ उनले भने ।

उनले वर्तमान सहकारी समस्या समाधानका लागि सबैले पहल गर्नु पर्ने धारणा राखे । अध्यक्ष उप्रेतीले अहिले आफू उपचार गराएर फर्किएको जानकारी गराए । केही समय अगाडि केही सञ्चार माध्यमले उनी आवद्ध सहकारी संस्थामा समस्या सिर्जना भएको र उनी फरार भएको समाचार सम्प्रेषण गरेका थिए ।

Share News