अर्थतन्त्रको महत्वपूर्ण खम्बामा धमिरा लाग्यो : सचिव दुवाडी

<p>काठमाडौं । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बामा धमिरा लागेको बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्सकुन) ले आयोजना गरेको लेखा सुपरिवेक्षण राष्ट्रिय गोष्ठीमा उनले यस्तो बताएका हुन् । उनले सहकारी अभियान भूमरीमा परेको पनि बताएका छन् । ‘सहकारीहरुले के कस्तो काम गरेका [&hellip;]</p>

काठमाडौं । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बामा धमिरा लागेको बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्सकुन) ले आयोजना गरेको लेखा सुपरिवेक्षण राष्ट्रिय गोष्ठीमा उनले यस्तो बताएका हुन् ।

उनले सहकारी अभियान भूमरीमा परेको पनि बताएका छन् । ‘सहकारीहरुले के कस्तो काम गरेका छन्, के कस्तो कमी कमजोरी गरेका छन्, आत्मसमीक्षा गर्ने बेला भएको छ, अर्थतन्त्रमा सहकारी क्षेत्रको योगदान ठूलो छ, सहकारीमा समस्या सिर्जना हुँदा अर्थतन्त्रमै ठूलो असर पुर्याउन सक्छ, यस विषयमा हामी सबै सजग बन्नुपर्छ,’ उनले भने ।

सहकारीका सदस्यहरूले पनि आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ । सहकारी क्षेत्रमा लामो समयदेखि समस्या रहेको बताउँदै विगतका अभ्यासहरूबाट पाठ सिकेर पनि अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।

‘अहिले सबैलाई समस्या छैन, आफूले आफूप्रति विश्वास गरौं, यो गम्भीर सवाल हो, अर्थतन्त्रको उतारचढावले पनि असल सहकारीमा पनि खराब मनसाय सिर्जना हुन सक्छ, संस्थाले राम्रो भनेको कर्जा पनि खराब निस्कन सक्छ, त्यसैले हरेक विषयममा गम्भीर भएर निर्णय लिनुपर्छ, धेरै आन्तरिक समस्या छन्,’ उनले भने ।

‘सहकारीमा मुद्दती निक्षेप राख्नु गलत हो । तर ,तीन वर्षमा पैसा डबल दिन्छौं भनेर ब्याजको लोभमा फसाउँदै गयौं, तीन वर्षमा पैसा डबल दिने संस्था संसारमै कतै भेटिन्छन् ? उनले प्रश्न गर्दै भने, ‘यो अवस्था आउनुमा दोष कसको हो ?’

Share News