अनलाइन गेममार्फत सट्टेबाजी गराएको आरोपमा १३ भारतीय पक्राउ

<p>बुटवल । बुटवलमा अनलाइन गेम खेलाएर सट्टेबाजी गर्ने १३ जना भारतीय नागरिक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय रामनगरको टोलीले बुटवल कालिकानगरमा फ्ल्याट भाडामा लिएर अवैध गतिविधि गरेको भन्ने सूचनाका आधारमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो । १३ जना भारतीय नागरिक र उनीहरूले प्रयोग गर्ने मोबाइल लगायतका सामान [&hellip;]</p>

बुटवल । बुटवलमा अनलाइन गेम खेलाएर सट्टेबाजी गर्ने १३ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय रामनगरको टोलीले बुटवल कालिकानगरमा फ्ल्याट भाडामा लिएर अवैध गतिविधि गरेको भन्ने सूचनाका आधारमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो ।

१३ जना भारतीय नागरिक र उनीहरूले प्रयोग गर्ने मोबाइल लगायतका सामान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूबारे थप अनुसन्धान भइरहेको छ ।

Share News