घरजग्गामा बैंकहरूको लगानी ६२५ अर्ब, समस्या समाधान गर्न माग

<p>काठमाडौं । मुलुकमा वित्तीय स्थायित्वको लागि सरकारले घरजग्गा कारोबारमा देखिएका समस्या समाधान गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । नेपाल घरजग्गा आवास विकास महासंघले ललितपुरमा आयोजना गरेको रियल स्टेट सम्मेलनको दोस्रो दिनको कार्यक्रममा बोल्दै सरोकारवालाहरुले यस्तो बताएका हुन् । उनीहरुले घरजग्गा व्यवसाय मुलुकको वित्तीय स्थायित्व कायम गर्नको लागि पनि सबल र व्यवस्थित बनाउनुपर्नेमा जोड दिए । पछिल्लो [&hellip;]</p>

काठमाडौं । मुलुकमा वित्तीय स्थायित्वको लागि सरकारले घरजग्गा कारोबारमा देखिएका समस्या समाधान गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् ।

नेपाल घरजग्गा आवास विकास महासंघले ललितपुरमा आयोजना गरेको रियल स्टेट सम्मेलनको दोस्रो दिनको कार्यक्रममा बोल्दै सरोकारवालाहरुले यस्तो बताएका हुन् । उनीहरुले घरजग्गा व्यवसाय मुलुकको वित्तीय स्थायित्व कायम गर्नको लागि पनि सबल र व्यवस्थित बनाउनुपर्नेमा जोड दिए । पछिल्लो समय घरजग्गा कारोबारमा आएको सिथिलता र विविध समस्याको कारण अर्थतन्त्रमा असर परेको दाबी सरोकारवालाहरुको थियो ।

घरजग्गा व्यवसायमा देखिएका समस्या बैंकिङ क्षेत्रको स्थायित्वको लागि पनि समाधान गर्नुपर्ने आवश्यकता रहेको बताए । उनीहरुले बैंकहरूले ६२५ अर्ब भन्दा बढी लगानी रहेको दाबी गरे । उनीहरुले बैंकमा ६ खर्बको लगानी मात्रै नभएर ३५ अर्ब भन्दा बढीको घरजग्गा धितोको रुपमा बैंकहरूले लिएको बताए ।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले सुरक्षित बैंक र वित्तीय स्थायित्वको लागि भए व्यवसायीका समस्या चाँडै समाधान हुनुपर्ने बताए । उनले राष्ट्र बैंकले घरजग्गा कारोबारलाई संस्थागत बनाउने तर्फ नीतिहरु उन्मुख गराएको बताए । उनले राष्ट्र बैंकले संस्थागत रुपमा दर्ता भएर गरिने रियल स्टेटलाई लोन टु भ्यालु रेसियो बढी नै गरेको बताए ।

उनले व्यवस्थित रुपमा कारोबार गर्ने व्यवसायीक संस्थाहरुलाई सहुलियत दिने नीति लिएको बताए । निर्देशक पौडेलले राष्ट्र बैंकले रियल स्टेट व्यवसाय संगठित भएर आउनुपर्छ भन्ने मान्यता अनुरुप नीतिहरु बनाई रहेको जानकारी दिए । असंगठित क्षेत्रले काम गर्दा विभिन्न विकृति, अपरदर्शी र राज्यको राजश्व गुम्ने बताए । अव्यवस्थित घरजग्गा कारोबारले बैकिङ क्षेत्रमा समेत समस्या पर्नसक्ने विषयमा राष्ट्र बैंक सचेत रहेको बताए । औपचारिक रुपमा दर्ता भएर रियल स्टेट व्यवसाय होस् भन्ने राष्ट्र बैंकको चाहना रहेको जानकारी दिए ।

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले घरजग्गा व्यवसायमा नेपालका बैंकहरूले करिब ६२५ अर्ब भन्दा बढी लगानी रहेको बताए । उनले बैंकहरूको कर्जाको करिब १३ प्रतिशत लगानी घरजग्गा व्यवसायमा रहेकाले बैंकहरुको प्राथमिक क्षेत्र पनि भएको बताए ।

उनले बैंकहरुको जलविद्युतमा गरेको लगानी भन्दा दुई गुणा बढी, कृषिमा बराबरी जस्तो घरजग्गामा लगानी रहेको बताए । बैंकिङ क्षेत्रले भविष्यमा अर्थतन्त्रको पिलरको रुपमा घरजग्गा कारोबार रहेको बताए । अध्यक्ष केसीले घरजग्गा कारोबारलाई आम मानिस र सरकारले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन आवश्यक रहेको उल्लेख गरे ।

उनले विगतमा बैंकहरूको कर्जाको ब्याजदर घट्दा घरजग्गा कारोबार वृद्धि हुने गरेको भएपनि पछिल्लो समय बैंकहरुको ब्याजदर कम हुँदा पनि घरजग्गा कारोबारमा वृद्धि हुन नसकेको बताए । घरजग्गा कारोबारलाई अनुत्पादनको क्षेत्रका रुपमा सरकारले हेर्न नहुने बताए । अर्थतन्त्रको मेरुदण्डको रुपमा सबैले घरजग्गा कारोबारलाई लिन सक्नुपर्ने बताए । बैंकिङ उद्योगले घरजग्गा कारोबारलाई सकारात्मक रुपमा लिएको जानकारी दिए ।

कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले घरजग्गा कारोबार वृद्धि हुनुमा बैंकको ठूलो भुमिका रहेको बताए । उनले घरजग्गा व्यवसायलाइ अनुत्पादन क्षेत्र ठानेर कर्जा नदिँदा अहिलेको परिणाम आएको पनि बताए । घरजग्गा कारोबार सबै क्षेत्रको लागि महत्वपूर्ण र अर्थतन्त्रको लागि मेरुदण्ड भएको जानकारी दिए ।

उनले निजी क्षेत्रका उद्योगी व्यवसायीहरुको बैंकमा धितो घरजग्गा रहेको र भुक्तानी दिन नसक्दा ठूलो समस्यामा परेको बताए ।

Share News