फेरि बढ्यो अण्डाको मूल्य

<p>काठमाडौं । चार दिनअघि घटेको अण्डाको मूल्य फेरि बढेको छ । नेपाल लेयर कुखुरापालक संघको आइतबार बसेको बैठकले सोमबारदेखि लागु हुने गरी अण्डाको मूल्य बढाएको हो । देशभरि अण्डाको एउटै मूल्य लागु गर्नका लागि चितवनलाई आधार मानेको संघले जनाएको छ । नयाँ मूल्यअनुसार मिडियम साइजको अण्डा प्रतिक्रेट ३५० रुपैयाँ, ठूलो अण्डा प्रतिक्रेट ३९५ रुपैयाँ र [&hellip;]</p>

काठमाडौं । चार दिनअघि घटेको अण्डाको मूल्य फेरि बढेको छ । नेपाल लेयर कुखुरापालक संघको आइतबार बसेको बैठकले सोमबारदेखि लागु हुने गरी अण्डाको मूल्य बढाएको हो ।

देशभरि अण्डाको एउटै मूल्य लागु गर्नका लागि चितवनलाई आधार मानेको संघले जनाएको छ ।

नयाँ मूल्यअनुसार मिडियम साइजको अण्डा प्रतिक्रेट ३५० रुपैयाँ, ठूलो अण्डा प्रतिक्रेट ३९५ रुपैयाँ र सबैभन्दा ठूलो अण्डा प्रतिक्रेट ४१० रुपैयाँ पर्नेछ ।

यसअघि वैशाख २० गते मिडियम साइजको अन्डा प्रतिक्रेट ३३० रुपैयाँ मूल्य निर्धारण गरेको थियो । यस्तै, ठूलो अण्डा प्रतिक्रेट ३७५ रुपैयाँ र सबैभन्दा ठूलो अण्डा प्रतिक्रेट ३९५ रुपैयाँ निर्धारण गरेको संघले जनाएको थियो ।

मूल्य घटाएको चार दिनमै संघले फेरि मूल्य बढाएको हो ।

Share News