कीर्तिपुर बस दुर्घटनामा त्रिविका प्राध्यापक रिजालको निधन

<p>काठमाडौं। कीर्तिपुर बस दुर्घटना परी त्रिभुवन विश्वविद्यालयका प्राध्यापक गोविन्द रिजालको निधन भएको छ । रत्नपार्क–कीर्तिपुर रुटमा चल्ने बा ३ ख २०२७ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो । दुर्घटनामा परेर प्राडा रिजालको मृत्यु भएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए। प्रा.डा. रिजाल त्रिभुवन विश्वविद्यालय कृषि अध्ययन संस्थाका आंशिक प्राध्यापक हुन् । [&hellip;]</p>

काठमाडौं। कीर्तिपुर बस दुर्घटना परी त्रिभुवन विश्वविद्यालयका प्राध्यापक गोविन्द रिजालको निधन भएको छ । रत्नपार्क–कीर्तिपुर रुटमा चल्ने बा ३ ख २०२७ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो ।

दुर्घटनामा परेर प्राडा रिजालको मृत्यु भएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए।
प्रा.डा. रिजाल त्रिभुवन विश्वविद्यालय कृषि अध्ययन संस्थाका आंशिक प्राध्यापक हुन् ।

दुर्घटनामा अन्य ३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा बैतडीका २४ वर्षीय डम्बर पन्त, २४ वर्षीया विमला श्रेष्ठ र बस चालक २७ वर्षीय रमेश लामा छन् । घाइतेहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

Share News