सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

<p>काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन निवेदन ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ। सन्दीपले दिएको पुनरावेदनमा सुनुवाइका लागि उच्च अदालतका मुख्य न्यायाधीस नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा पेसी तोकिएको थियो । पहिलो नम्बरमा परे पनि हेर्न नमिल्ने भएपछि फेरि पछि धकेलिएको हो । उक्त मुद्दालाई यसअघि प्राथमिकतामा राखेर सुनुवाइ गर्न अदालतबाट अग्राधिकार प्रदान गरिएको [&hellip;]</p>

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन निवेदन ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ।

सन्दीपले दिएको पुनरावेदनमा सुनुवाइका लागि उच्च अदालतका मुख्य न्यायाधीस नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा पेसी तोकिएको थियो ।

पहिलो नम्बरमा परे पनि हेर्न नमिल्ने भएपछि फेरि पछि धकेलिएको हो । उक्त मुद्दालाई यसअघि प्राथमिकतामा राखेर सुनुवाइ गर्न अदालतबाट अग्राधिकार प्रदान गरिएको थियो।

यसअघिको सुनवाइमा मुख्य न्यायाधीश निरौलाले झगडिया झिकाउने आदेश दिएका कारण हेर्न नमिल्ने भएको हो । अब उक्त मुद्दामा अर्को सुनुवाइका लागि पेसी तय हुने छ।

Share News