पब्लिक युथ क्याम्पसद्धारा बैंकिङ तालिम प्रदान, तालिम पुस २९ गतेसम्म चल्ने

<p>काठमाडौं, २५ पुस । अनेरास्ववियु पब्लिक युथ क्याम्पसले सोही क्याम्पसका विद्यार्थीहरुलाई बैंकिङ तालिम प्रदान गरेको छ । नेपाल बैंकर्स संघका अध्यक्ष अनिल केशरी शाहकोे उपस्थितीमा सो कार्यक्रम सञ्चालन भएको छ । उक्त तालिम पौष १७ गते देखि सञ्चालित भएको छ । सोमबार नेपाल बैंकर्स संघ एवम् मेघा बैंकको सिईओ अनिल केशरी शाहले समग्र बैंकिङ प्रणाली [&hellip;]</p>

काठमाडौं, २५ पुस । अनेरास्ववियु पब्लिक युथ क्याम्पसले सोही क्याम्पसका विद्यार्थीहरुलाई बैंकिङ तालिम प्रदान गरेको छ । नेपाल बैंकर्स संघका अध्यक्ष अनिल केशरी शाहकोे उपस्थितीमा सो कार्यक्रम सञ्चालन भएको छ । उक्त तालिम पौष १७ गते देखि सञ्चालित भएको छ ।

public_youth_banking_traini

सोमबार नेपाल बैंकर्स संघ एवम् मेघा बैंकको सिईओ अनिल केशरी शाहले समग्र बैंकिङ प्रणाली र नेपालमा आर्थिक संमृद्धिका लागि आमयुवा र नेपालीको भुमिकाको विषयमा कक्षा लिएका थिए । उक्त तालिममा शाहले नेपाल सम्भावनै सम्भावनाको खानि रहेको तर नेपालीले त्यो संम्भावनालाई अझै चिन्न नसेको बताए । ‘नेपालमा सबै थोक पाईन्छ’ उनी भन्छन्, ‘तर यहाँ इच्छाशक्ति पाउन गाह्रो छ ।’

उनले उक्त तालिममा नेपालका नेताहरुको मात्र कमजोरी नभई सबैको कमजोरी भएकाले विकास हुन नसकेको बताए । शाहले तालिममा नेपालको नेतृत्वले र पब्लिकले समेत बोल्ने मात्र तर काम नगर्ने बताए । उनले नेताहरुको बोलीलाई उदृत गर्दै भने ‘म नेपाललाई सिङ्गापुर भएको होईन सुन्दर र विकशित भएको हेर्न चाहन्छु ।’

५ सय भन्दा बढी उपस्थिती रहेको सो तालिम पुस २९ गतेसम्म चल्ने छ र सो अवधिमा बैंकिङ तालिम संगै शेयर बजार, उत्प्रेरणा र नेतृत्व विकासको तालिम दिने अनेरास्ववियुका पब्लिक युथ क्याम्पसका नेता नारदमुनि सिग्देलले बताए ।

Share News