बुम रेमिट्यान्सको सातौँ बार्षिक साधारणसभा सम्पन्न, थप नौवटा देशबाट कारोवार शुरु गर्ने

<p>काठमाडौं, २४ पुस । बुम रेमिट्यान्स प्रा लि को सातौँ बार्षिक साधारण सभा सल्टीमोडको ग्रान्ड होटलमा सम्पन्न भयो । उक्त साधारण सभामा प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले सँस्थाले नेपाल र बिदेशमा निकै राम्रो ख्याति कमाएको र छोटो समयमानै राम्रो पहिचान बनाउन सफल भएको कुराको जानकारी गराएका छन् । बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४००० वटा [&hellip;]</p>

काठमाडौं, २४ पुस । बुम रेमिट्यान्स प्रा लि को सातौँ बार्षिक साधारण सभा सल्टीमोडको ग्रान्ड होटलमा सम्पन्न भयो । उक्त साधारण सभामा प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले सँस्थाले नेपाल र बिदेशमा निकै राम्रो ख्याति कमाएको र छोटो समयमानै राम्रो पहिचान बनाउन सफल भएको कुराको जानकारी गराएका छन् ।
7th_agm_boom_remit

बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४००० वटा भन्दा बढि प्रतिनीधीहरु छन् । हाल बुम रेमिट्यान्सले माल्दिभ्स र खाडि मुलूकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ र चाडैनै मलेसिया, कोरीया, जापान, क्यानडा, अस्ट्रेलिया, युरोप, ईजरायल, भारत र अमेरिकाबाट समेत कारोवार सुरु गर्ने जनाएको छ ।

बुम रेमिटले विदेशमा पनि आफ्नो संञ्जाललाई तीव रूपले विस्तार गर्दै जाने रणनिति राखेको छ । बुम रेमिटले विभिन्न बैंकहरूस‘ग सहर्काय गरि विदेशमा समेत बजार प्रर्वद्धन गरि नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाएको छ ।

कार्यक्रममा बुम रेमटले हुन्डी कारोबारलाई निरूस्साहित गर्न नेपाल र विदेशमा वैकिङ साक्षरता कार्यक्रम गर्दै आएको कुराको जानकारी पन्तले दिएका छन् । पन्तले “नेपाल श्रमिक विप्रेषण बोर्ड” गठन गरि विपे्रषणको रकमलाई राष्ट्र विकासमा लगाई समृद्ध नेपाल सृजना गर्नुपर्ने बताएका छन् ।

Share News