कोकिन र हेरोइनमै सकिन्छ बर्सेनि एक खर्ब डलर, दुई करोड दुर्व्यसनी रहेको अनुमान

<p>काठमाडौं २१, पुस । लागूऔषध तस्करले विश्वमा बार्षिक एक खर्ब अमेरिकी डलर बराबरको कोकिन र हेरोइन बिक्री गर्ने गरेको पाइएको छ । संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको प्रतिबन्धित लागूपदार्थको ओसारपसार तथा खपतसम्बन्धी अपराध प्रतिवदन अनुसार विश्वभर कोकिन र हेरोइन खपत एक खर्ब अमेरिकी डलरभन्दा बढीको हुने गरेको हो । विश्वभर हेरोइन सेवन गर्ने दुर्व्यसनी झन्डै २ [&hellip;]</p>

Dollarकाठमाडौं २१, पुस । लागूऔषध तस्करले विश्वमा बार्षिक एक खर्ब अमेरिकी डलर बराबरको कोकिन र हेरोइन बिक्री गर्ने गरेको पाइएको छ ।

संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको प्रतिबन्धित लागूपदार्थको ओसारपसार तथा खपतसम्बन्धी अपराध प्रतिवदन अनुसार विश्वभर कोकिन र हेरोइन खपत एक खर्ब अमेरिकी डलरभन्दा बढीको हुने गरेको हो ।

विश्वभर हेरोइन सेवन गर्ने दुर्व्यसनी झन्डै २ करोड रहेको अनुमान छ ।
संयुक्त राष्ट्रसंघको प्रतिवेदन अनुसार नेपाल र भारतसहित एसिया, अफ्रिका, अमेरिका, युरोप, मध्यपूर्वीलगायत मुलुकबाट ८० देखि ९० अर्ब डलरको कोकिन र १५ देखि २० अर्ब डलर बराबरको हेरोइन बरामद हुने गरेको छ ।

३ सय ८० टनभन्दा बढी हेरोइन अफगानिस्तानको अफिमबाट बनाइने गरेको प्रतिवेदनमा उल्लेख छ । कारोबार दैनिकबाट ।

Share News