थ्रीस्टार हाईड्रोपावरले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् एजेन्डा

<p>काठमाडौं । थ्रीस्टार हाईड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको चैत २३ गते बसेको सञ्चालक समिति बैठकले आगामी वैशाख २३ गते बस्ने गरी सभा डाकेको हो । सभाले हकप्रद सेयर निष्कासन गर्ने, उपयुक्त नयाँ आयोजनाको पहिचान गरी लगानी गर्ने वा निर्माणाधीन आयोजनामा थप लगानी गर्ने, सर्वसाधारण सेयरधनी समूह (ख) का दुई जना सञ्चालकको [&hellip;]</p>


काठमाडौं । थ्रीस्टार हाईड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको चैत २३ गते बसेको सञ्चालक समिति बैठकले आगामी वैशाख २३ गते बस्ने गरी सभा डाकेको हो ।

सभाले हकप्रद सेयर निष्कासन गर्ने, उपयुक्त नयाँ आयोजनाको पहिचान गरी लगानी गर्ने वा निर्माणाधीन आयोजनामा थप लगानी गर्ने, सर्वसाधारण सेयरधनी समूह (ख) का दुई जना सञ्चालकको निर्वाचन गर्नेजस्ता प्रस्ताव पारित गर्नेछ ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८० असार मसान्तसम्मको सम्पूर्ण वित्तीय विवरणहरू पारित गरिने कम्पनीले जनाएको छ ।

सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी वैशाख ७ गतेका दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले वैशाख ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनी मात्रै कम्पनीको सभामा सहभागी हुन योग्य हुनेछन् ।

Share News