भक्तपुर, २० पुस । ‘निर्माण सामाग्रीमा हरित क्रान्ति’ भन्ने नाराका साथ इको प्यानल उत्पादन गर्दै आएको इन्टरनेशनल ग्रीन डेभलपर्स नेपालमा ख्वप कलेजमा अध्ययनरत विद्यार्थीहरुले बुधबार शैक्षिक भ्रमण गरेका छन् । कलेजमा एमएस्सी वातावरण विज्ञान पहिलो वर्ष दोश्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुले भक्तपुर हनुमानचास्थित कारखानाको अवलोकन भ्रमण गरेका हुन् ।
कम्पनीका अनुसार नर्माण सामाग्री उत्पादन गर्दा वातावरणमा पर्ने प्रभाबबारे बुझ्न विद्यार्थीले अवलोकन भ्रमण गरेका हुन् । विद्यार्थीले कारखानमा इको प्यानल कसरी बन्छ भन्ने प्रविधिबारे जानकारी लिएका छन् । अवलोनक भ्रमणमा सहभागी विद्यार्थी सुवास वास्तोलाले अहिलेको प्रदूषण न्युनीकरणका लागि थर्माेकोलबाट बनेको इको प्यालन एउटा विकल्प भएको बताएका छन् । इन्टरनेशल ग्रीन डेभलपर्सले उत्पादन गर्दै आएको गोरखा इको प्यानल पूर्ण वातावरणमैत्री पाइएको उनले बताए ।
अर्का विद्यार्थी सृजना सुवालले दिगो विकासका लागि इको प्यानलको प्रयोग सहयोगी देखिएको बताएका छन् । यसका लागि हरेक निर्माण सामाग्री इको प्यानल जस्तै वातावरणमैत्री हुनुपर्नेमा उनले जोड दिए । विद्यार्थी सरिता न्हिसुतूले कारखानको भ्रमणपछि खेर जाने थर्माेकोललाई पुन प्रशोधन गरी निर्माण सामाग्रीमा प्रयोग गर्न सकिने पाएको बताएका छन् । उनले अवलोकन भ्रमणको क्रममा इको प्यानल उत्पादन हुँदा कुनै पनि वातावरणलाई प्रतिकुल असर पर्ने आद्यौगिक वेष्ट नरहेको पाइएको बताए ।
अन्जना सुवालले नयाँं प्रविधिको प्रयोगबाट अहिले वातावरणमैत्री निर्माण सामाग्री उत्पादनमा जोड दिएकी छन् । अवलोकन भ्रमणका क्रममा त्यहाँं वातावरणलाई हानी हुने कुनै पनि उर्जा प्रयोग नभएको उनले बताए । अर्का विद्यार्थी रश्मी हाकुदुवालले इको प्यानल दिगो विकासका लागि प्रदूषणरहित विकल्प रहेको बताएका छन् । अबका दिनमा निर्माण सामाग्री छनौट गर्दा उर्जाको वचत गर्ने निर्माण सामाग्री छनौटमा ध्यान दिन उनले सुझाब दिएका छन् ।