काठमाडौं, २० पुस । निर्धन उत्थान बैंक र बुम रेमिट्यान्सबीच रेमिट्यान्स कारोबार सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा निर्धन उत्थान बैकका तर्फबाट सहायक महाप्रवन्धक राजनारायण दास र बुम रेमिट्यान्सका तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौतामार्फत बुम रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको रेमिट्यान्स निर्धन उत्थान बैकका १८८ वटा शाखाहरु मार्फत भुक्तानी गर्न पाउने छन् । साथै बुम रेमीट सफ्टवेयर मार्फत आन्तरिक विप्रेषण (पठाउने तथा भुक्तानी गर्ने) कार्य गर्नका लागि सम्झौता भएको छ । बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४००० वटा भन्दा बढि प्रतिनिधिहरु छन् ।
हाल बुम रेमिट्यान्सले माल्दिभ्स र खाडि मुलूकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ र चाडैनै मलेसिया, कोरीया, जापान, क्यानडा, अस्ट्रलिया, युरोप, ईजरायल, भारत र अमेरिकाबाट समेत कारोवार शुरु गर्ने जनाएको छ ।
बुम रेमिटका प्रबन्ध निर्देशक धिरेन्द्र पन्तका अनुसार बुम रेमिटले विभिन्न बैंकहरूस‘ग सहर्काय गरि विदेशमा समेत बजार प्रर्वद्धन गरि नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रबन्ध मिलाएको छ । बुम रेमटले हुन्डी कारोबारलाई निरूस्साहित गर्न नेपाल र विदेशमा बैकिङ साक्षरता कार्यक्रम गर्दै आएको कुराको जानकारी प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले दिएका छन् ।