मुलुक आधारभुत रुपमा लोडसेडिङ मुक्त छः कुलमान घिसिङ

<p>काठमाडौं, १९ पुस । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले मुलुक आधारभुत रुपमा लोडसेडिङ मुक्त भैसकेको बताएका छन् । मंगलबार राजधानीमा नेपाल उद्योग बाणिज्य महासंघले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले भने–‘काठमाडौंमा बत्ति गएको छैन्, पोखरामा पनि १५ दिन देखि बत्ति गएको छैन, पुर्वाञ्चलका प्राय ठाउँमा पनि बत्ति जाँदैन, बुटवल [&hellip;]</p>

urja_fncciकाठमाडौं, १९ पुस । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले मुलुक आधारभुत रुपमा लोडसेडिङ मुक्त भैसकेको बताएका छन् । मंगलबार राजधानीमा नेपाल उद्योग बाणिज्य महासंघले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले भने–‘काठमाडौंमा बत्ति गएको छैन्, पोखरामा पनि १५ दिन देखि बत्ति गएको छैन, पुर्वाञ्चलका प्राय ठाउँमा पनि बत्ति जाँदैन, बुटवल पश्चिमतिर अल्टरनेटमा दैनिक एकाध घण्टा मात्रै लाइन काटेका छौं, अब मान्नुस मुलुक आधारभुत रुपमा लोडसेडिङ मुक्त भयोे ।’

उनले हाल भारतबाट ३४० मेगावाट विद्युत आयात भैरहेको र केहि दिनभित्रै ४० मेगावाट विद्युत आयात गरेर ३८० मेगावाट पुर्याउने जानकारी पनि दिए । हाल नेपालकै जडान भएको उत्पादन क्षमता ९०० मेगावाट रहेको र त्यसबाट जम्माजम्मी ४०० मेगावाट उत्पादन भैरहेको पनि उनले बताए । भारतबाट आयात भैरहेको विद्युत हेटौडाबाट पुर्वतर्फको तराई क्षेत्रमा मात्रै उपयोग भैरहेको र काठमाडौं बासीलाई आफ्नै उत्पादनको विजुली उपलब्ध गराइरहेको पनि बताए ।

उनले डेढ बर्षपछि नेपालकै उत्पादन १५०० मेगावाट पुग्ने दावी पनि गरे । कार्यक्रममा उर्जामन्त्री जनार्दन शर्माले बुढीगण्डकी, पश्चिम सेती, कर्णाली चिसापानी, दुधकोशी, उत्तरगंगा, अरुण, तमोर लगायतका ठुला जलविद्युत आयोजना कम्पनी मोडलमा सरकार आफैंले निर्माण गर्ने घोषणा गरे । उनले विद्युत प्राधिकरणकै मातहतमा विद्युत उत्पादन, प्रसारण, इञ्जिनियरिङ र व्यापारका लागि छुट्टाछुट्टै कम्पनी खडा गरिसकेको समेत बताए ।

उनले लोड सेडिङको तालिका सार्वजनिक गरेर अकुत कमाउनेहरुको लामो सूचि रहेको दावी पनि गरे । उनले त्यसमा प्राधिकरणका कर्मचारीको भन्दा पनि मन्त्रीहरुकै दोष रहेको आरोप पनि लगाए । निजी क्षेत्रले उत्पादन गरेको सबै विजुली किन्न सरकार तयार रहेको जानकारी दिएका थिए । मन्त्री शर्माले हावाबाट ३ हजार मेगावाट विद्युत उत्पादन सम्भव भएको तथ्य समेत पेश गरेका थिए ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका, उर्जा समितिका सभापति ज्ञानेन्द्रलाल प्रधान, इपानका अध्यक्ष शैलेन्द्र गुरागाईँ लगायतले लोडसेडिङ न्युनिकरण भएसँगै उद्योग धन्दा फस्टाएको र उद्योगीमा पनि हौसला बढेको बताएका थिए ।

Share News