पोखरा, १९ पुस । सांसद विन्दा राना मगरले कास्की जिल्लामा सांसद क्षेत्र विकास कोषअन्तर्गतका विभिन्न २० वटा योजना सार्वजनिक गरेका छन् । नेपाली काँग्रेस क्षेत्र नं ३, कास्कीद्वारा मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले आव २०७३/७४ का लागि विनियोजित रकममध्ये विभिन्न योजनाअन्तर्गत भवन निर्माण तथा मर्मतका लागि १६ लाख ५० हजार रुपैयाँ, ई-गृहिणी साक्षात्कार कार्यक्रमका लागि १० लाख रुपैयाँ, बाटो निर्माणका लागि सात लाख ५० हजार रुपैयाँ, शिक्षातर्फ छ लाख रुपैयाँ छुट्याइएको जानकारी गराएका छन् ।
त्यस्तै सिँचाइ, खानेपानी, पदमार्ग, प्रतीक्षालयलगायतका योजनाका लागि बजेट विनियोजन गरिएको छ । लक्षित योजनाको सफलताका लागि स्थानीय उपभोक्ता, नागरिक समाज तथा सम्बद्ध सबै पक्ष र निकायको सकारात्मक सहयोग आवश्यक हुनेमा उनले जोड दिएका छन्।
नेपाली काँग्रेस कास्की क्षेत्र नं ३ का उपसभापति धु्रव रायमाझीले विकास निर्माणका काम सफल र प्रभावकारी बनाउन समाजका प्रत्येक वर्ग र समुदायको जाकरुकता आवश्यक हुने बताए । रासस