काउन्सिलबाट चार जनालाई छात्रवृत्ति प्रदान

<p>काठमाडौं, १८ पुस । प्रेस काउन्सिल नेपालमा आयोजित एक कार्यक्रममा चार जनालाई छात्रवृत्ति प्रदान गरिएको छ । सो कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष वोर्णवहादुर कार्कीले ४ जना शोधार्थीहरुलाई जनही २५ हजार रुपैयाँका दरले छात्रवृत्ति रकम प्रदान गरेका छन् । छात्रवृत्ति पाउनेहरुमा क्रमशः सलोजा दाहाल, डिल्लीप्रसाद निरौला, मन्दिरा दुलाल र जितेन्द्रकुमार झा रहेका छन् । काउन्सिलका [&hellip;]</p>

काठमाडौं, १८ पुस । प्रेस काउन्सिल नेपालमा आयोजित एक कार्यक्रममा चार जनालाई छात्रवृत्ति प्रदान गरिएको छ । सो कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष वोर्णवहादुर कार्कीले ४ जना शोधार्थीहरुलाई जनही २५ हजार रुपैयाँका दरले छात्रवृत्ति रकम प्रदान गरेका छन् । छात्रवृत्ति पाउनेहरुमा क्रमशः सलोजा दाहाल, डिल्लीप्रसाद निरौला, मन्दिरा दुलाल र जितेन्द्रकुमार झा रहेका छन् ।

press_council

काउन्सिलका अनुसार उनीहरुले अनलाइन मिडियामा आचार संहिताको पालना, दक्षिण एशियाली पत्रकारितामा नीतिशास्त्रको तुलनात्मक अध्ययन, प्रकोप रिपोर्टिङमा आचार संहिताका मुद्धाहरु र धनुषा जिल्लामा ग्रामीण पत्रकारिताको विकास सम्बन्धी शोध गरेका छन् ।

सो अवसरमा काउन्सिल अध्यक्ष कार्कीले पत्रकारितामा अध्ययन अनुसन्धान गरेका, बिशेषज्ञमूखि पत्रकारहरुको आवश्यकता रहेको बताउँदै जान्ने र योग्य व्यक्तिले पत्रकारिता गर्नुपर्ने बताएका छन् ।

Share News