राष्ट्रिय वाणिज्य बैंकको एटिएम सेवा सदरमुकाममा

<p>सोलुखुम्बु, १८ पुस । राष्ट्रिय वाणिज्य बैंक सोलुखुम्बु शाखा कार्यालयले सदरमुकाममा एटिएम सेवा शुरु गरेको छ । यसअघि कुनै पनि बैंकले एटिएम प्रयोगमा नल्याएको अवस्थामा बैंकले सदरमुकाममा सोमबारबाट एटिएम सेवा शुरु गरेको हो । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले सो सेवा शुभारम्भ गरेका छन् । एटिएम कार्डको प्रयोगबाट रु दुई लाखसम्म झिक्न मिल्ने र सेवा [&hellip;]</p>

Rastriya_banijye_bankसोलुखुम्बु, १८ पुस । राष्ट्रिय वाणिज्य बैंक सोलुखुम्बु शाखा कार्यालयले सदरमुकाममा एटिएम सेवा शुरु गरेको छ ।

यसअघि कुनै पनि बैंकले एटिएम प्रयोगमा नल्याएको अवस्थामा बैंकले सदरमुकाममा सोमबारबाट एटिएम सेवा शुरु गरेको हो ।

प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले सो सेवा शुभारम्भ गरेका छन् । एटिएम कार्डको प्रयोगबाट रु दुई लाखसम्म झिक्न मिल्ने र सेवा बिहान ७ देखि साँझ ७ बजेसम्म उपलब्ध हुने सो शाखाका निमित्त प्रमुख भावना फुयाँलले जानकारी दिएका छन् ।

जिल्लास्थित सबै सरकारी तथा गैरसरकारी कार्यालयका साथै सर्वसाधारणको बैंकीङ कारोबारका कारण रकम झिक्न घन्टौँ लाइन लाग्नुपर्ने अवस्था अब कम हुने निमित्त प्रमुख फुयाँलले बताए । रासस

Share News