काठमाडौं, १४ पुस । एस डेभलपमेन्ट बैंकलाई आस्वा प्रणालीमा सहभागी हुन नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्डले दिएको अनुमतिद्धारा धितापत्र निष्काशन भएको समयमा लगानीकर्ताले एस बैंकमा खाता खोली सो खातामा भएको रकम रोक्का राखी बैंकमा नै सेयरको दरखास्त फारम बुझाउन सक्ने छन् ।
यस प्रणाली आगामी माघ १ गतेदेखि लागु हुने बोर्डले जनाएको छ ।