मेलम्ची खानेपानीको ‘मेलम्ची-सिन्धु खण्डको ब्रेक थ्रु’, तर २०७४ असोजभित्रै पानी आउने सम्भावना न्युन

<p>काठमाडौंः बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको तिनमध्ये दुई खण्डको सुरुङ निर्माण सम्पन्न भएको छ। सुन्दरीजलदेखि सिन्धु खण्ड जोडिएको करिब ९ दशमलब ४ किलोमिटर सुरुङ बुधबार ब्रेकथ्रु भएको छ। सुन्दरीजल साइटले काम सम्पन गरी सिन्धुसँग जोडिएपछि औपचारिक रूपमा ब्रेक–थ्रु भएको हो। आयोजनालाई आर्थिक रुपमा सहयोग गरिरहेको एसियाली विकास बैङ्क (एडिवी)कि सिनियर प्रोजेक्ट अफिसर लक्ष्मी शर्माका अनुसार अब [&hellip;]</p>

काठमाडौंः बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको तिनमध्ये दुई खण्डको सुरुङ निर्माण सम्पन्न भएको छ। सुन्दरीजलदेखि सिन्धु खण्ड जोडिएको करिब ९ दशमलब ४ किलोमिटर सुरुङ बुधबार ब्रेकथ्रु भएको छ। सुन्दरीजल साइटले काम सम्पन गरी सिन्धुसँग जोडिएपछि औपचारिक रूपमा ब्रेक–थ्रु भएको हो।

melamchi

आयोजनालाई आर्थिक रुपमा सहयोग गरिरहेको एसियाली विकास बैङ्क (एडिवी)कि सिनियर प्रोजेक्ट अफिसर लक्ष्मी शर्माका अनुसार अब मेलम्चीको सुरुङ खन्न ५ दशमलव ५ किमिमात्र बाँकी रहेको छ। मेलम्ची खोलादेखि सुन्दरीजलसम्मको करिब २७ किमि लामो सुरुङमार्ग निर्माण गर्नुपर्ने छ । यसमध्ये हालसम्म करिव २२ किमि सुरुङ निर्माण भइसकेको छ।

मेलम्चीको सुरुङ निर्माण कार्यका लागि सुन्दरीजल, सिन्धु, ग्यालथुम र अम्बाथानबाट गरी ५ स्थानबाट सुरुङ खन्ने काम भइरहेको छ।मेलम्चीदेखि सुन्दरीजलसम्मको सुरुङमार्ग करिब २७ किमि लामो सुरुङमार्ग निर्माण गर्न सन् २००९ देखि आयोजनाको निर्माण कार्य सुरु भएको थियो ।

melamchi-surung

सुन्दरीजलको सुरुङ निर्माण सम्पन्न भई ब्रेक थ्रु भएपछि सरकारले घोषणा गरेको तालिकामा पानी आउने प्रसस्त आधार देखिएको छ तर पुराना औजार र उपकरणका कारण अाउँदो दशैंसम्म राजधानीवासीले पिउने पानी पाउन भने समस्या पर्ने देखिएको छ। आयोजनाका इन्जिनियर दिवश श्रेष्ठले काम निरन्तर अगाडि बढिरहेको तर हेभी लोडर र बुमर लगायतका केहि मेसिनहरु पुराना भएका कारण २०७४ असोजभित्र काठमाडौंमा मेलम्चीको पानी सप्लाई गर्न समस्या रहेको बताए।

Share News