काठमाडौं, १३ पुस । वित्तीय संस्था र सर्वसाधारणको करोडौँ रकम हिनामिना गरेको आरोपमा घरजग्गा व्यवसायी सुधीर बस्नेत पक्राउ परेका छन् ।
धापासीस्थित आफ्नो घरमा बसिरहेको अवस्थामा प्रहरीले गएराति पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिएका छन् ।
प्रहरी आएको चाल पाएपछि बस्नेत भाग्न लाग्दा उनको हातमा सामान्य चोट लागेको छ । अदालतको फैैसला कार्यान्वयनको क्रममा उनलाई पक्राउ गरिएको खनालले जानकारी दिए।
बस्नेतमाथि काठमाडौं जिल्ला अदालतबाट छ महिना कैद, भक्तपुर अदालतबाट दुई वर्ष कैद र करिब १२ लाख रुपैैयाँ जरिवाना सुनाईएको छ ।
बस्नेतमाथि बैंक तथा वित्तीय संस्था, र सर्वसाधारणबाट अर्बौँ बढी रकम हिनामिना गरेको आरोप लागेको छ ।