खेर गइरहेको झारपातबाट वायो ब्रिकेट र कोइला उत्पादन

<p>सिन्धुपाल्चोक, १३ पुस । वन जङ्गलमा खेर गइरहेको झारपातलाई प्रयोग गरी वायो ऊर्जा उत्पादन गरिएको छ । जिल्लाको अत्तरपुर गाविसमा वनमा खेर गइरहेको पातपतिङ्गर र काम नलाग्ने झाडीलाई पोलेर त्यसबाट वायो ब्रिकेट र कोइला उत्पादन गरिएको हो । हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपालअन्तर्गत जैविक ऊर्जा परियोजनाको सहयोग तथा हिमालयन नेचुरल प्रालिको सक्रियतामा वायोब्रिकेट र चारकोल कोइला उत्पादन गरिएको [&hellip;]</p>

सिन्धुपाल्चोक, १३ पुस । वन जङ्गलमा खेर गइरहेको झारपातलाई प्रयोग गरी वायो ऊर्जा उत्पादन गरिएको छ । जिल्लाको अत्तरपुर गाविसमा वनमा खेर गइरहेको पातपतिङ्गर र काम नलाग्ने झाडीलाई पोलेर त्यसबाट वायो ब्रिकेट र कोइला उत्पादन गरिएको हो । हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपालअन्तर्गत जैविक ऊर्जा परियोजनाको सहयोग तथा हिमालयन नेचुरल प्रालिको सक्रियतामा वायोब्रिकेट र चारकोल कोइला उत्पादन गरिएको हो ।

briket

यस्तै अत्तरपुरकै जमुना शाक्य पनि बिहान घरको धन्दा सकेर ब्रिकेट बनाउन आउँदा दैनिक पाँच/सात रुपैयाँ सय आम्दानी गर्छन्। उक्त गाविसमा मात्र ब्रिकेट उत्पादन कम्पनीमा २०० भन्दा बढी मानिसले रोजगारी पाएका छन् ।

सुरुमा खाल्डो खनेर पातपतिङ्गर पोलेर कोइला र ब्रिकेट बनाउने गरेपनि हेल्भेटास र हिमालय नेचुरल प्रालिको सहयोगपछि आधुनिक प्रविधिमार्फत बनाउन थालिएको प्यूखर्क वायोब्रिकेट उद्योगका अध्यक्ष यामबहादुर श्रेष्ठ बताउछन् । उनी भन्छन्, “सुरुका दिनमा गुणस्तरीय सामान बनाउन गाह्रो हुन्थ्यो, अहिले गुणस्तरीय सामान उत्पादन गर्न सक्षम भएका छौँ ।”

उक्त उद्योगहरुमा पाँँच इञ्च गोलाई, १.३० इञ्च उचाइ र ५ इञ्च गोलाइ र तीन इञ्च उचाइका दुईथरि ब्रिकेट उत्पादन हुने गरेको छ ।

हेल्भेटासकी वायो ऊर्जा परियोजना अनुगमन अधिकृत उषा पाण्डेय समुदायलाई स्वावलम्वनतिर लैजान र विदेशबाट दैनिक रुपमा भित्रने गरेको ऊर्जालाई कम गर्ने काममा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ हेल्भेटासले यस्तो कार्यक्रममा सहयोग गरेको बताउछन् । उनी भन्छन्, “ग्रामीण क्षेत्रमा रहेका बेरोजगार युवालाई गाँउमै रोजगार दिन यस्तो कार्यक्रमले सहयोग पुग्नेछ ।”

सिन्धुपाल्चोकका जिल्ला वन अधिकृत शिव सापकोटा वनमा खेर गइरहेको झाडीलाई सदुपयोग गरी बायोब्रिकेट उत्पादन गरी उर्जा अभावलाई सहयोग गरेको बताउछन् । उनी भन्छन्, “ वनको वार्षिक कार्यक्रममा झाडी व्यवस्थापन पनि रहेको हुँदा वायो ऊर्जाले झाडी व्यवस्थापनमा सहयोग पुगेको छ ।” सरकारले यस्तो काममा सहयोग गरे नाकाबन्दीजस्ता आपत्कालीन समयमा थोरै भएपनि राहत पुग्ने थियो । रासस

Share News