नयाँ बजेट निर्माणको प्रक्रियामै भत्कियो गठबन्धन, बजेटका कार्यक्रम प्रभावित हुने

<p>काठमाडौं । आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथि संसदमा छलफल सुरु हुने प्रकृया अगाडि बढ्न लागेको बेला सत्ता गठबन्धन भत्किएको छ । संसदको ठूलो दल नेपाली कांग्रेस गठबन्धनबाट बाहिरिने भएपछि नयाँ गठबन्धन बन्ने भएकाे हाे । संसदको दोस्रो ठूलो दल नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायतका दलको समर्थन र सहभागितामा प्रचण्डकै नेतृत्वमा [&hellip;]</p>

काठमाडौं । आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथि संसदमा छलफल सुरु हुने प्रकृया अगाडि बढ्न लागेको बेला सत्ता गठबन्धन भत्किएको छ । संसदको ठूलो दल नेपाली कांग्रेस गठबन्धनबाट बाहिरिने भएपछि नयाँ गठबन्धन बन्ने भएकाे हाे ।

संसदको दोस्रो ठूलो दल नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायतका दलको समर्थन र सहभागितामा प्रचण्डकै नेतृत्वमा सरकारको समिकरण परिवर्तन हुने भएको हो । नयाँ मन्त्रिपरिषद् गठन गर्न आजै नयाँ गठबन्धनका नेताहरुबीचमा छलफल हुँदैछ ।

गठबन्धन भत्किने निश्चित भएसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले नेपाली कांग्रेस पदाधिकारीको आकस्मिक बैठक बोलाएका छन् । साथै आजै प्रधानमन्त्री प्रचण्ड र सभापति देउबाले भेट्ने कार्यक्रम पनि रहेको छ ।

सरकार यतिखेर आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रक्रियामा छ । अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता र सिद्धान्त संसदमा पेस गरिसकेका छन् । सत्ता गठबन्धन परिवर्तन भएसँगै अब बजेट निर्माणको प्रक्रिया पनि प्रभावित हुनेछ । अर्थमन्त्री डां प्रकाशशरण महत बाहिनिे भएकक छन् भने नयाँ अर्थमन्त्री अर्थमन्त्रालयमा प्रवेश गर्नेछन् ।

Share News