नबिल बैंकद्धारा सुरक्षाकर्मीको सम्मान

<p>काठमाडौं, ७ पुस । नबिल बैंकले कान्तिपथ शाखाका सुरक्षक यदुनाथ पोखरेललाई नगद ५० हजार सहित प्रशंसा पत्र प्रदान गरेको छ । बैंक संचालक समितिका अध्यक्ष शम्भु प्रसाद पौड्यालले जि. फोर. एस. सेक्युरिटि सर्भिसेज नेपाल प्रा. लिबाट बैंकको कान्तिपथ शाखामा पोखरेललाई प्रशंसा पत्र प्रदान गरेका छन् । सम्मानित पोखरेलले १० नोभेम्बर २०१६ मा बैंकको कान्तिपथ शाखाको [&hellip;]</p>

काठमाडौं, ७ पुस । नबिल बैंकले कान्तिपथ शाखाका सुरक्षक यदुनाथ पोखरेललाई नगद ५० हजार सहित प्रशंसा पत्र प्रदान गरेको छ । बैंक संचालक समितिका अध्यक्ष शम्भु प्रसाद पौड्यालले जि. फोर. एस. सेक्युरिटि सर्भिसेज नेपाल प्रा. लिबाट बैंकको कान्तिपथ शाखामा पोखरेललाई प्रशंसा पत्र प्रदान गरेका छन् ।

nabil_bank_security

सम्मानित पोखरेलले १० नोभेम्बर २०१६ मा बैंकको कान्तिपथ शाखाको एटीएम बुथमा भएको गतिविधिमा शंका लागि तुरुन्त खवर गरेको र उक्त गतिविधिमा संलग्न व्यक्तिहरु उपर निगरानी राखी उनीहरु बसेका होटल पत्ता लगाई संदिग्ध व्यक्तिहरुलाई पक्राउ गर्न बहादुरी पूर्वक सहयोग गर्नुका साथै एटीएमको सुरक्षामा महत्वपूर्ण योगदान पु¥याएकाले सम्मान गरिएको बैंकले जनाएको छ ।

बैंकका संचालक समितिका अध्यक्ष पौड्यालले बैंकको यस प्रकारको सम्मानले सुरक्षा कार्यमा संलग्न सम्पूर्ण व्यक्तिहरुलाई आफनो कार्यमा अझ दत्तचित्त भई काम गर्न र कुनैपनि शंकास्पद गतिविधिलाई निगरानी गरी बैंक र ग्राहकको सुरक्षामा अझ बढि सचेत हुन आग्रह गरेका छन् ।

सम्मानित पोखरेलले बैंकको यस्तो कदमले अझ थप हौसला प्राप्त भएको र अझ बढि जिम्मेवारी पूर्वक काम गर्ने जिम्मेवारी थपेको बताएका छन् ।

Share News