काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा १२ प्रतिशत घटेर ६ करोड ९३ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले ७ करोड ९४ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
पुस मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी १२ करोड २० लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले १४ करोड ७५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
६ महिनाको अवधिमा लघुवित्तको नेट फि एण्ड कमिसन आम्दानी ८१ लाख २ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १३ करोड ८ लाख रुपैयाँ, सञ्चालन नाफा ९ करोड ९० लाख रुपैयाँ र वितरण योग्य नाफा १०.७९ प्रतिशत अर्थात् ४ करोड ७४ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी ८६ करोड ९५ लाख रुपैयाँ, जगेडा कोष १२ करोड १० लाख रुपैयाँ, सापटि ६ अर्ब १ करोड रुपैयाँ र कर्जा प्रवाह ६ अर्ब ६४ करोड रुपैयाँ छ ।
लघुवित्तको प्रतिसेयर आम्दानी १५.९४ रुपैयाँ, प्रति सेयर नेटवर्थ १३१.०१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३६.०७ गुणा छ ।
यस अवधिमा लघुवित्तको खराब कर्जा बढेको छ । गत वर्षको पुसमा ०.८१ प्रतिशत एनपीएल रहेकोमा बढेर १.८२ प्रतिशत पुगेको छ । यस्तै, लघुवित्तको ११.९० प्रतिशत, कस्ट अफ फण्ड ११.०८ प्रतिशत छ ,