विद्युत महसुल नतिर्ने ९ सामुदायिक वितरक संस्थालाई कारबाही गर्दै प्राधिकरण

<p>काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सामुदायिक वितरक संस्थाहरूलाई विद्युत महसुल भुक्तानी गर्न आग्रह गरेको छ । पोखरिया वितरण केन्द्र पर्सा अन्तर्गत कायम रहेका ९ वटा सामुदायिक वितरक संस्थाहरूले विद्युत उपभोग गरे वापतको महसुल बक्यौता रहेको प्राधिकरणले जनाएको छ । पोखरिया वितरण केन्द्रमा गई ३५ दिनभित्र बक्यौता महसुल बुझाउन प्राधिकरणले आग्रह गरेको हो । तोकिएको समय [&hellip;]</p>

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सामुदायिक वितरक संस्थाहरूलाई विद्युत महसुल भुक्तानी गर्न आग्रह गरेको छ । पोखरिया वितरण केन्द्र पर्सा अन्तर्गत कायम रहेका ९ वटा सामुदायिक वितरक संस्थाहरूले विद्युत उपभोग गरे वापतको महसुल बक्यौता रहेको प्राधिकरणले जनाएको छ ।

पोखरिया वितरण केन्द्रमा गई ३५ दिनभित्र बक्यौता महसुल बुझाउन प्राधिकरणले आग्रह गरेको हो । तोकिएको समय सीमाभित्र बक्यौता महसुल नबुझाएमा सामुदायिक ग्रामीण विद्युतीकरण विनियमावली २०७१ को विनियम २८ को प्रावधान बमोजिम कारबाही गर्ने प्राधिकरणले चेतावनी दिएको छ ।

प्राधिकरणका अनुसार पर्साका विभिन्न स्थानका देकुली, देउराली, पारसनाथ, शिवशक्ति, धोरे, विद्युत, उजाला, जीवनज्योति र प्रकाश विद्युत उपभोक्ता समितिले महसुल तिर्न बाँकी छ ।

Share News