पेट्रोलियम पदार्थको मूल्य घट्यो

<p>काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । माघ २ गते मंगलबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो । भारतीय आयल कर्पाेरेशनबाट प्राप्त नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १.२६ रुपैयाँ, डिजेल तथा मट्टितेल ०.८३ रुपैयाँ घटेर आएको थियो । सोही अनुसार निगमले पेट्रोल, डिजेल तथा मट्टितेलनमा प्रतिलिटर १ [&hellip;]</p>

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । माघ २ गते मंगलबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो ।

भारतीय आयल कर्पाेरेशनबाट प्राप्त नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १.२६ रुपैयाँ, डिजेल तथा मट्टितेल ०.८३ रुपैयाँ घटेर आएको थियो । सोही अनुसार निगमले पेट्रोल, डिजेल तथा मट्टितेलनमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो ।

यससँगै नयाँ मूल्य अनुसार काठमाडौं, पोखरा र दिपालय क्षेत्रमा पेट्रोलको लिटरको १६६ रुपैयाँ तथा डिजेल तथा मट्टितेल लिटरको १५६ रुपैयाँ पर्नेछ ।

चारआली, विराटनगर जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर १६३.५० रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर १५३.५० रुपैयाँ पर्नेछ ।

यस्तै सुर्खेत र दाङ डिपो क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ, डिजेल तथा मट्टितेल प्रतिलिटर १५५ रुपैयाँ पर्ने आयल निगमले जनाएको छ ।

Share News