काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पाँच महिनामा वाणिज्य बैंकहरूले साढे २८ अर्ब रुपैयाँ नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार मंसिरसम्म २० वटा वाणिज्य बैंकले २८ अर्ब ३६ करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेका हुन् ।
५ महिनाको अवधिमा सबैभन्दा धेरै नाफा नबिल बैंकले गरेको छ । नबिल बैंकले २ अर्ब ९६ करोड ९३ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकले २ अर्ब ७३ करोड ७९ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ६० करोड ९० लाख रुपैयाँ, प्राइम बैंकले १ अर्ब ९२ करोड ८९ लाख रुपैयाँ र एनआईसी एशिया बैंकले १ अर्ब ८५ करोड १ लाख रुपैयाँ खुद नाफा गरेका हुन् ।
हिमालयन बैंकले १ अर्ब ८० करोड ४९ लाख रुपैयाँ, प्रभु बैंकले १ अर्ब ४९ करोड ४५ लाख रुपैयाँ, एनएमबि बैंकले १ अर्ब ४५ करोड १३ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ४१ करोड १ लाख रुपैयाँ नाफा गरेका हुन् ।
यस्तै, एभरेष्ट बैंकले १ अर्ब ४० करोड ३२ लाख रुपैयाँ, कुमारी बैंकले १ अर्ब ३० करोड १५ लाख रुपैयाँ, स्टयान्डर्ड चार्टर्ड बैंकले १ अर्ब २५ करोड ६० लाख रुपैयाँ, नेपाल बैंकले १ अर्ब २१ करोड ३१ लाख रुपैयाँ, सानिमा बैंकले १ अर्ब ७ करोड ६३ लाख रुपैयाँ नाफा गरेका हुन् ।
लक्ष्मी सनराइज बैंकले ८९ करोड ८० लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ७६ करोड २७ लाख रुपैयाँ, सिटिजन्स बैंकले ७४ करोड ३५ लाख रुपैयाँ, नेपाल एसबिआई बैंकले ७० करोड ८० लाख रुपैयाँ, सिद्धार्थ बैंकले ६२ करोड ३८ लाख रुपैयाँ र कृषि विकास बैंकले ४० करोड ३८ लाख ६० हजार रुपैयाँ नाफा गरेका हुन् ।