नेपाल एयरलाइन्सले तिर्याे ५३ करोडभन्दा बढी ऋण

<p>काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले जहाज खरिदवापतको ५३ करोड रुपैयाँ भुक्तानी गरेको छ । निगमले चालु आर्थिक वर्षको पुस महिनाको किस्ताबापतको ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई भुक्तानी गरेको हो । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले अन्तरराष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारो [&hellip;]</p>

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले जहाज खरिदवापतको ५३ करोड रुपैयाँ भुक्तानी गरेको छ । निगमले चालु आर्थिक वर्षको पुस महिनाको किस्ताबापतको ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई भुक्तानी गरेको हो ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले अन्तरराष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारो बडी र दुई वाइड बडी जहाजका लागि दुई कोषबाट लिएको ऋण दायित्वमध्ये दुई न्यारो बडी जहाजको पुस मसान्तको किस्ताबापत पूरा र दुई वाइड बडी जहाजको आंशिक रकम भुक्तानी गरिएको हो ।

निगमले पछिल्लो १८ महिनमा किस्ताबापत ४ अर्ब ८३ करोड ५७ लाख ३१ हजार ६८७ रुपैयाँ भुक्तानी गरिसकेको प्रवक्ता पौडेलले जानकारी दिए ।

Share News