नेपाल ताइवान स्वतन्त्रताको विपक्षमा छ : प्रधानमन्त्री

<p>काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल ताइवान स्वतन्त्रताको विपक्षमा रहेको बताएका छन् । आइतबार काठमाडौंमा चिनियाँ नयाँ वर्षको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । ताइवान चीनकै अभिन्न अङ्ग भएको बताउँदै उनले ‘ताइवान स्वतन्त्रता’ का सम्बन्धमा नेपालको प्रष्ट दृष्टिकोण रहेको र आफ्नो चीन भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा प्रष्ट पारे । उनले नेपाल एक चीन [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल ताइवान स्वतन्त्रताको विपक्षमा रहेको बताएका छन् । आइतबार काठमाडौंमा चिनियाँ नयाँ वर्षको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

ताइवान चीनकै अभिन्न अङ्ग भएको बताउँदै उनले ‘ताइवान स्वतन्त्रता’ का सम्बन्धमा नेपालको प्रष्ट दृष्टिकोण रहेको र आफ्नो चीन भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा प्रष्ट पारे । उनले नेपाल एक चीन सिद्धान्तप्रति दृढ रहेको उल्लेख गर्दै नेपाल र चीन नजिकका छिमेकी र विश्वासिला मित्र भएको बताए । उनले शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा दुई देशको सम्बन्ध प्रगाढ रहेकोे समेत जनाए ।

‘हामीले असल मित्रका रुपमा एकअर्काको संवेदशनीलतालाई नजिकबाट बुझेका छौँ । शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा हाम्रो सम्बन्ध रहिआएको छ । नेपाल एक चीन सिद्धान्तप्रति स्पष्ट र दृढ छ । आन्तरिक तथा वाह्य मामिलामा आएको परिवर्तनबाट हाम्रो प्रतिवद्धतामा कुनै हालतमा प्रभावित हुँदैन । ताइवान चीनकै अभिन्न अङ्ग हो । ‘ताइवान स्वतन्त्रता’का सम्बन्धमा नेपालको प्रष्ट दृष्टिकोण रहेको छ । मेरो चीन भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा यसलाई प्रष्ट पारिएको छ । हामी फेरि भन्न चाहन्छौँ हामी ताइवान स्वतन्त्रताको विपक्षमा छौँ ।’ उनले भने ।

प्रधानमन्त्री दाहालले चीनकाविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने स्पष्ट पारे । दुई देशको सभ्यता नदी र हिमशृङ्खलाले मात्र नजोडिएको भन्दै दुई देशका साझा संस्कृति र जनस्तरको सम्बन्ध पनि प्रमुख रहेको बताए ।

Share News