६ महिनामा महानगरले उठायो ५ अर्ब राजस्व, घर वहालबाटै सवा अर्ब संकलन

<p>काठमाडौं  । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष ०७९/८० को ६ महिनामा करिब ५ अर्ब राजस्व संकलन गरेकाे छ ।  महानगरपालिकाले चालु आवको ६ महिनामा ४ अर्ब ९० करोड ५१ लाख ९० हजार रुपैयाँ राजस्व संकलन गरेको हो । महानगरले विभिन्न शिर्षकमा संकलन गरेको राजश्व सार्वजनिक गरेको छ । महानगरले सम्पत्ति कर अन्तर्गत ६७ कराेड १७ [&hellip;]</p>

काठमाडौं  । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष ०७९/८० को ६ महिनामा करिब ५ अर्ब राजस्व संकलन गरेकाे छ ।  महानगरपालिकाले चालु आवको ६ महिनामा ४ अर्ब ९० करोड ५१ लाख ९० हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।

महानगरले विभिन्न शिर्षकमा संकलन गरेको राजश्व सार्वजनिक गरेको छ । महानगरले सम्पत्ति कर अन्तर्गत ६७ कराेड १७ लाख, ८३ लाख भूमी तथा मालपाेत कर, १ अर्ब १८ कराेड १५ लाख घर वहाल कर र ४ कराेड ५२ लाख रूपैयाँ पर्यटन शुल्क बापत कर संकलन गरेकाे छ ।

 

Share News