महालक्ष्मी विकास बैंकका सीईओ देवकोटाले दिए राजीनामा

<p>काठमाडौं । महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बोधराज देवकोटालो राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पुरा नगरी उनी बैंकको सीईओबाट बाहिरिएका हुन् । वि.सं.२०७७ चैत २ गते बैंकको सीईओमा नियुक्त भएका उनले १४ महिना अगाडि नै राजीनामा दिएका हुन् । व्यक्तिगत कारणले बैंकको सीईओ पदबाट राजीनामा दिएको देवकोटाले विकासन्युजसँग बताए । साढे दुई [&hellip;]</p>

काठमाडौं । महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बोधराज देवकोटालो राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पुरा नगरी उनी बैंकको सीईओबाट बाहिरिएका हुन् ।

वि.सं.२०७७ चैत २ गते बैंकको सीईओमा नियुक्त भएका उनले १४ महिना अगाडि नै राजीनामा दिएका हुन् । व्यक्तिगत कारणले बैंकको सीईओ पदबाट राजीनामा दिएको देवकोटाले विकासन्युजसँग बताए ।

साढे दुई दशक बढी बैंकिङ क्षेत्रको अनुभव भएका देवकोटा महालक्ष्मीमा प्रवेश गर्नुअघि सिटिजन्स बैंकको नायव प्रमुख अधिकृतका रुपमा कार्यरत थिए ।

उनले सिटिजन्स बैंकमा १४ वर्ष र नेपाल बैंकमा १० वर्ष काम गरेका थिए । साथै, सिटिजन्स बैंकमा हुँदा उनी सिटिजन्स क्यापिटलको अध्यक्ष समेत भएका थिए ।

Share News