राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा ओमदेवी मल्ल

<p>काठमाडौं । राष्ट्रिय सहकारी महासंघ नेपालको अध्यक्षमा ओमदेवी मल्ल निर्विरोध निर्वाचित भएकी छिन् । महासंघको ३१औं वार्षिक साधारण सभाबाट मल्ल निर्विरोध निर्वाचित भएकी हुन् । सहकारी महासंघको ३० वर्षे इतिहासमा मल्लले पहिलो महिला अध्यक्ष हुने अवसर पाएकी छिन् । महासंघको सञ्चालक, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै आफ्नो ३० वर्षे सहकारी यात्रामा मल्ल महासंघको अध्यक्ष बनेकी हुन् [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय सहकारी महासंघ नेपालको अध्यक्षमा ओमदेवी मल्ल निर्विरोध निर्वाचित भएकी छिन् । महासंघको ३१औं वार्षिक साधारण सभाबाट मल्ल निर्विरोध निर्वाचित भएकी हुन् ।

सहकारी महासंघको ३० वर्षे इतिहासमा मल्लले पहिलो महिला अध्यक्ष हुने अवसर पाएकी छिन् । महासंघको सञ्चालक, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै आफ्नो ३० वर्षे सहकारी यात्रामा मल्ल महासंघको अध्यक्ष बनेकी हुन् । मल्लले सहकारी अभियानको सुदृढीकरणका लागि सबैसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा रमेशप्रसाद पोखरेल चयन भएका छन् । पोखरेल यसअघि उपाध्यक्ष थिए । पोखरेल राष्ट्रिय सहकारी बैंकको निवर्तमान अध्यक्षसमेत हुन् ।

यस्तै नवनिर्वाचित उपाध्यक्षहरूमा खेमबहादुर पाठक, डिबी बस्नेत र इन्दिरा पन्त छन् ।

त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा भीम तुलाचन निर्वाचित भएका छन् । महासंघको नवनिर्वाचित सञ्चालकहरूमा टेकप्रसाद चौलागाई, हुमाकुमारी जिसी (अन्जु), बद्रीप्रसाद लम्साल, काशीचन्द्र बराल, परितोष पौड्याल, हरिहरनाथ योगी, माधवप्रसाद जोशी, शम्भु प्रसाद, छत्रप्रसाद रिमाल, पार्वती न्यौपाने, टिका न्यौपाने, नथुनी यादव, प्रेमप्रसाद सुवेदी जैसी, सुमन नेपाल, होमनाथ जैसी, एकता शाह, योगमाया सुवेदी, शारदा दहाल, कमला कुमारी र सुवेदी पौडेल छन् ।

साथै, लेखा सुपरिवेक्षण समितिको सदस्यमा अमरनाथ न्यौपाने र हेमकुमारी अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

Share News