अमेरिकाले ६६ वटा नेपाली उत्पादनमा भन्सार छुट दिने, राष्ट्रपति अोवामाले गरे हस्ताक्षर

<p>काठमाडौं, ४ पुस। अमेरिकी राष्ट्रपति बराक ओबामाले आफ्नो कार्यकालको अन्तमा नेपाल–अमेरिका ब्यापार प्रवर्धन सम्बन्धी एउटा ऐनमा हस्ताक्षर गरेका छन्। नेपालका लागि ब्यापार ग्राह्यता कार्यक्रम अन्तर्गत ब्यापार सहजीकरण तथा ब्यापार कार्यान्वयन ऐन, २०१५ (टिएफटिइए) मा ओबामाले बिहीबार हस्ताक्षर गरेका हुन्। कार्यक्रमअनुसार अमेरिकाले नेपालका ६६ वटा उत्पादनलाई भन्सार छुट दिनेछ। नेपालबाट खास मापदण्ड पूरा गरी अमेरिका निर्यात हुने [&hellip;]</p>

काठमाडौं, ४ पुस। अमेरिकी राष्ट्रपति बराक ओबामाले आफ्नो कार्यकालको अन्तमा नेपाल–अमेरिका ब्यापार प्रवर्धन सम्बन्धी एउटा ऐनमा हस्ताक्षर गरेका छन्। नेपालका लागि ब्यापार ग्राह्यता कार्यक्रम अन्तर्गत ब्यापार सहजीकरण तथा ब्यापार कार्यान्वयन ऐन, २०१५ (टिएफटिइए) मा ओबामाले बिहीबार हस्ताक्षर गरेका हुन्। कार्यक्रमअनुसार अमेरिकाले नेपालका ६६ वटा उत्पादनलाई भन्सार छुट दिनेछ।

नेपालबाट खास मापदण्ड पूरा गरी अमेरिका निर्यात हुने गलैंचा, शल, स्कार्फ, भ्रमण सामाग्री लगायत ६६ वटा उत्पादनलाई यो ऐनले आधिकारिक रुपमा भन्सार छुट सुविधा प्रदान गर्छ।

आगामी १० वर्षका लागि यो नेपाल कार्यक्रम स्वीकृत गरिएको काठमाडौँस्थित अमेरिकी दूतावासले शनिबार जनाएको छ। गत वर्षको विनाशकारी भूकम्पले गरेको क्षतिपछि नेपालको आर्थिक पुनरुत्थानमा सहयोग पुर्याउने उद्देश्यले उक्त कार्यक्रम तर्जुमा गरिएको थियो।

अमेरिकी बजारमा भन्सारछुट सुविधासहित प्रवेश पाउन हालसम्म अयोग्य रहेका केही नेपाली बस्तुलाई यो कार्यक्रमले भन्सारछुट सुविधा उपलब्ध गराउँछ। यसले एक ब्यापार क्षमता अभिवृद्धि कार्यक्रमलाई समेत स्वीकृति प्रदान गरेको दूताबासले जनाएको छ।

‘यो कानुनले नेपाली व्यवसायका लागि अमेरिकी बजारमा निर्यात विस्तार गर्ने सुनौलो अवसर प्रदान गरेको छ’, अमेरिकी राजदूत अलाइना बी टेप्लिजले भनेकी छन्, ‘यस्ता व्यापार ग्राह्यता कार्यक्रमले केही सहयोग प्रदान गर्नेछन् तर लगानीलाई प्रोत्साहन गर्ने नीतिगत सुधार, उन्नत व्यापारिक वातावरण र सबै क्षेत्रलाई सहयोग गर्ने श्रम सुधारमार्फत् नै अन्नत नेपालको बृहत आर्थिक विकाश हासिल हुनेछ।’

Share News