मनोज कुमार गोयल बने एनएमबि बैंकको अध्यक्ष, को-को छन् सञ्चालक ?

<p>काठमाडौं । एनएमबि बैंकको अध्यक्षमा मनोज कुमार गोयल नियुक्त भएका छन् । सञ्चालक समितिको बैठकले बैंकको अध्यक्षमा गोयललाई चयन गरेको हो । बैंकको बिहीबार सम्पन्न २८औँ साधारण सभाबाट सञ्चालक समितिमा ५ जना निर्वाचित भएका थिए । मनोज कुमार गोयल, जीवनकुमार कट्वाल, उत्तम भ्लोन, शिरिष कुमार मुरारका र हरिश्चन्द्र सुवेदी निर्वाचित भएका थिए । गोयल र [&hellip;]</p>

काठमाडौं । एनएमबि बैंकको अध्यक्षमा मनोज कुमार गोयल नियुक्त भएका छन् । सञ्चालक समितिको बैठकले बैंकको अध्यक्षमा गोयललाई चयन गरेको हो ।

बैंकको बिहीबार सम्पन्न २८औँ साधारण सभाबाट सञ्चालक समितिमा ५ जना निर्वाचित भएका थिए । मनोज कुमार गोयल, जीवनकुमार कट्वाल, उत्तम भ्लोन, शिरिष कुमार मुरारका र हरिश्चन्द्र सुवेदी निर्वाचित भएका थिए ।

गोयल र कट्वाल संस्थापक सेयरधनीहरूको तर्फबाट र भ्लोन, मुरारका र सुवेदी सर्वसाधारण सेयरधनीहरूको तर्फबाट निर्वाचित भएका हुन् ।

एफएमओको तर्फबाट निको पिलको सट्टामा शर्मिला हार्दि प्रकाशलाई मनोनित गरी पठाइएको बैंकले जनाएको छ ।

निर्वाचन पश्चात् बसेको समितिको बैठकले गोयललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको बैंकले जनाएको छ । यसअघि बैंकको अध्यक्षमा पवन कुमार गोल्यान थिए ।

Share News