४.९५ प्रतिशतमा झर्यो मूल्यवृद्धि, काठमाडौं उपत्यकामा कति ?

<p>काठमाडौं । चालु वर्षको मंसिर महिनामा मुद्रास्फीति ४.९५ प्रतिशतमा झरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पाँच महिनाको तथ्यांकअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ४.९५ प्रतिशतमा झरेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ७.३८ प्रतिशत रहेको थियो । त्यस्तै, खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.१० प्रतिशत र गैर-खाद्य तथा सेवा [&hellip;]</p>

काठमाडौं । चालु वर्षको मंसिर महिनामा मुद्रास्फीति ४.९५ प्रतिशतमा झरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पाँच महिनाको तथ्यांकअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ४.९५ प्रतिशतमा झरेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ७.३८ प्रतिशत रहेको थियो ।

त्यस्तै, खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.१० प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

बिन्दुगत आधारमा यस महिनामा आयात मूल्य सूचकांक ३.३ प्रतिशतले घटेको छ भने तलब तथा ज्यालादर र थोक मूल्य वृद्धिदरमा कमी आएको छ ।

मंसिर महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.४२ प्रतिशत, तराईको ४.२६ प्रतिशत, पहाडको ५.४२ प्रतिशत र हिमालको ७.४६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरूको यस्तो मुद्रास्फीति क्रमशः ६.५६ प्रतिशत, ८.०० प्रतिशत, ७.३२ प्रतिशत र ६.४८ प्रतिशत रहेको थियो ।

Share News