काठमाडौं । एनएमबि बैंकको सञ्चालक समिति अध्यक्षबाट पवन गोल्यान बाहिरिएका छन् । बिहीबार सम्पन्न २८औं वार्षिक साधारणसभाबाट अध्यक्ष गोल्यान बाहिरिएका हुन् । २ दशकभन्दा बढी बैंकको सञ्चालकको भूमिकामा रहेका गोल्यान आजदेखि बाहिरिएका हुन् ।
बैंकबाट बाहिरिएसँगै बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को अध्यक्षबाट समेत गोल्यानले राजीनामा दिएका छन् । जुत्ता, धागो, होटल, हाइड्रोपावर र कृषि व्यवसाय संलग्न गोल्यानले अब आफ्नै व्यवसायमा बढी समय दिने छन् ।