काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था (हिमालयन बैंकको सहायक कम्पनी) को १२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको उक्त सभा बुधबार काठमाडौंमा सम्पन्न भएको हो ।
सभामा वित्तीय संंस्थाका अध्यक्ष बिजय मान नकर्मीको अध्यक्षतामा सम्पन्न साधारण सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले स्वागत मन्तव्य राखेका थिए ।
सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन लगायतका प्रस्तावहरु पारित गरेको छ ।
सभामा, वित्तीय संस्थाका अध्यक्ष बिजय मान नकर्मीले लघुवित्तको क्षेत्रमा प्रतिकूल अवस्था रहेता पनि आगामी दिनमा आफ्ना ग्राहकलाई थप गुणस्तरीय सेवा उपलब्ध गराउँदै सेयरधनीको अपेक्षा पुरा गर्न संस्था कटिबद्ध रहेको बताए । उनले संस्थाको लक्ष्य प्राप्तिका लागि सम्पूर्ण सेयरधनी र नियामक निकायहरुको साथ र सहयोग आवश्यक पर्ने बताए ।
राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस वित्तीय संस्थाले हालसम्म ७५ शाखा कार्यालयहरु मार्फत ७६ हजारभन्दा बढी सदस्यहरुलाई लघुवित्तीय सेवा प्रदान गर्दै आएको छ । संस्थाले हालसम्म ४ अर्ब ४० करोड रुपैयाँभन्दा बढी लगानी गरेकोे छ ।