सन्दीप लामिछानेलाई ८ वर्ष कैद र ५ लाख जरिवाना

<p>काठमाडौं । बलात्कारको आरोपमा दोषी ठहर भएका किक्रेट खेलाडी सन्दिप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले बुधबार सजाय सुनाएको छ । गत पुस १३ गते बलात्कार मुद्दामा दोषी ठहर भएका उनलाई अदालतले बुधबार ८ वर्ष कैद र तीन लाख जरिवाना र दुई लाख पीडितलाई क्षतिपूर्ति भराउने निर्णय गरेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले बुधबार उक्त आदेश दिएको [&hellip;]</p>

काठमाडौं । बलात्कारको आरोपमा दोषी ठहर भएका किक्रेट खेलाडी सन्दिप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले बुधबार सजाय सुनाएको छ । गत पुस १३ गते बलात्कार मुद्दामा दोषी ठहर भएका उनलाई अदालतले बुधबार ८ वर्ष कैद र तीन लाख जरिवाना र दुई लाख पीडितलाई क्षतिपूर्ति भराउने निर्णय गरेको छ ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले बुधबार उक्त आदेश दिएको हो । मुद्दामा जाहेरवालापक्षले अधिकतम र लामिछानेका वकिलले न्यूनतम सजाय माग गर्दै बुधबारको इजलासमा बहस गरेका थिए ।

Share News