बम्जनको विलासी जिन्दगी : ल्यान्ड क्रुजरमा यात्रा, ५ करोडको नयाँ गाडी किन्न सोरुमलाई ३ करोड भुक्तानी

<p>काठमाडौं । आफूलाई तपस्वी बताउँदै आएका बम्जनले सुखसयल जिन्दगी बिताइरहेको अनुुसन्धानबाट खुलेको छ । प्रहरीको अनुसन्धानबाट उनले विलासी जीवन बिताउँदै आएको देखिएको हो । उनले प्रदेश–३–०१ ०२४ च ६७२९ नम्बरको तुलाराम तामाङको नाममा रहेको सेतो टोयोटा फर्चुनर प्रयोग गर्दै आएको पनि अनुसन्धानबाट खुलेको छ । उनले ल्यान्डक्रुजर–जेडएक्स किन्नका लागि ३ करोड रुपैयाँ सोरुमलाई बुझाइसकेको पनि [&hellip;]</p>

काठमाडौं । आफूलाई तपस्वी बताउँदै आएका बम्जनले सुखसयल जिन्दगी बिताइरहेको अनुुसन्धानबाट खुलेको छ । प्रहरीको अनुसन्धानबाट उनले विलासी जीवन बिताउँदै आएको देखिएको हो । उनले प्रदेश–३–०१ ०२४ च ६७२९ नम्बरको तुलाराम तामाङको नाममा रहेको सेतो टोयोटा फर्चुनर प्रयोग गर्दै आएको पनि अनुसन्धानबाट खुलेको छ ।

उनले ल्यान्डक्रुजर–जेडएक्स किन्नका लागि ३ करोड रुपैयाँ सोरुमलाई बुझाइसकेको पनि सीआईबीले जनाएको छ । उनको प्रयोगका लागि धुम्बाराहीमा रहेको युनाइटेड ट्रेडर्स सिन्डिकेट प्राइभेट लिमिटेडमा सेतो रङको ल्यान्डक्रुजर किन्नका लागि ५ करोडमा बुकिङ गरिएको थियो ।

Share News