काठमाडौं । हत्या तथा यौनहिंसाका आरोपित रामबहादुर बम्जनको घरबाट बरामद गरेको ३ करोड बढी रकम प्रहरीले सार्वजनिक गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बम्जनको घरमा खानतलासी गर्दा ३ करोड ३ लाख नेपाली रुपैयाँ र ३० लाख ९२ हजार रुपैयाँबराबरको १७ देशका विदेशी मुद्रा बरामद गरेको थियो । सो रकम बुधबार सार्वजनिक गरेको हो ।
सीआईबीले बुधबार पत्रकार सम्मेलन गरी बम्जनको घरबाट बरामद पैसा, मोबाइल, ल्यापटप र महत्वपूर्ण कागजातसमेत सार्वजनिक गरेको हो । प्रहरीले यो रकमको विषयमा अनुसन्धान भइरहेको बताएको छ ।
आफूलाई ‘लिटल बुद्ध’ बताउने बम्जनमाथि आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौनहिंसा गरेको आरोपमा प्रहरीले खोजिरहेको थियो । बम्जनविरुद्ध पाँच परिवारको उजुरी छ ।