निर्धन उत्थानले सार्वजनिक गर्यो १ हजार ११७ जना ऋणी र जमानीकर्ताको तीन पुस्ते

<p>काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले ऋण नतिर्ने १ हजार बढीको नाम सार्वजनिक गरेको छ । लघुवित्तले समयमै ऋण नतिर्ने १ हजार ११७ जना ऋणीको नाम र तीनपुस्ते सार्वजनिक गरेको हो । लघुवित्तका अनुसार धितो सुरक्षण राखि सामूहिक जमानीमा कर्जा लिएका ऋणीले लिएको ऋण कर्जाको साँवा ब्याज लगायत अन्य रकम समेत समयमा तिर्नु पर्ने [&hellip;]</p>

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले ऋण नतिर्ने १ हजार बढीको नाम सार्वजनिक गरेको छ । लघुवित्तले समयमै ऋण नतिर्ने १ हजार ११७ जना ऋणीको नाम र तीनपुस्ते सार्वजनिक गरेको हो ।

लघुवित्तका अनुसार धितो सुरक्षण राखि सामूहिक जमानीमा कर्जा लिएका ऋणीले लिएको ऋण कर्जाको साँवा ब्याज लगायत अन्य रकम समेत समयमा तिर्नु पर्ने हो । तर, उक्त रकम नतिरी कर्जा सम्बन्धी सर्त बन्देज उल्लङ्घन गरेकाले पटकपटक ताकेता गर्दा समेत भुक्तानी गर्न चासो नदेखाई बेवास्ता गरेकाले सार्वजनिक सूचना प्रकाशित गरिएको लघुवित्तले जनाएको छ ।

सूचना प्रकाशित भएको ३५ दिनभित्र साँवा ब्याज र अन्य दस्तुर चुक्ता भुक्तान गर्न लघुवित्तले अनुरोध गरिरहेको छ । यदि नतिरेको खण्डमा प्रचलित ऐन, कानून तथा यस लघुवित्तसँग गरेको लिखत बमोजिम ऋणी तथा जमानीकर्तालाई समेत कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम समावेश गर्ने लघुवित्तले जनाएको छ ।

साथै धितोमा रहेका वा नरहेको चलअचल सम्पत्ति लिलाम बिक्री गरी वा अन्य कुनै व्यवस्था गरी लघुवित्त संस्थाको आफ्नो लेना रकम असुल उपर गरिने सूचनामा उल्लेख छ ।

[pdf id=457225]

Share News